आज मिति २०८२ साल असोज महिनाको १९ गते आइतबार इस्वी सम्वत २०२५ अक्टोबर ५ तारिख !!
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लामो दुरीको यात्रा भरसक नगर्नुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थ काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नाफामूखी व्यापार भन्दा सेवामूखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको लगानीबाट धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा भरसक नगर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । यात्रा लामो दुरीको यात्रा भरसक स्थगीत गर्नुहोला । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनह दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । तर पनि यात्राको लागी समय मध्यम रहेको छ । प्राकृतिक प्रकोपको चपेटामा परिन सकिन्छ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केहि भए स्वतः ठिक हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको भने सन्तानको प्रगति देखेर मन रमाउनेछ । यात्रा तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । यात्राको लागी समय मध्यम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ । दैनिक उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला । मौसमको पूर्वानुमान नगरी यात्रा नगर्नुहोला ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!







