Skip to content

विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई दियो २२१ रनको विशाल लक्ष्य

२०८२ मंसिर २, मंगलवार
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई दियो २२१ रनको विशाल लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको विशाल लक्ष्य दिएको छ ।

विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो । पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।

विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् ।

यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर