आज मिति २०८२ साल मंसिर महिनाको १८ गते बिहीबार इस्वी सम्वत २०२५ डिसेम्बर ४ तारिख !!
आज धन्य पुर्णिामा , उभौली पर्व !!
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बोलीको माध्यमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । खेलकुदको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, खेलकुदका सामान, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । अनलाइन व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय राम्रो रहेको छ । अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै खेलकुद तथा अन्य प्रतिस्पर्धामा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । कृषि क्षेत्र तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!





