Skip to content

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

२०८२ मंसिर २१, आईतवार
आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर