काठमाडौं : सानिमा बैंक र एनसीएचएल बीच एनपीएस– एनसीएस तथा नेश्नल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।
उक्त सम्झौता पश्चात, एनपीएस– एनसीएसमा बैंकको स्वीच इन्टिग्रेसन गरिसकेपछि आफ्नो ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्न तथा नेपाल पेको कारोबार अक्वायर गर्न सक्नेछ । हालसम्म एनपीएस– एनसीएसमा अन्य ३३ वटा बैंक वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाहरुले लाइभ अपरेसन शुरु गरिसकेका छन् ।
एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायीक रोलआउट शुरु गरिसकेको छ र अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी रूपमा एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ ।
एनपीएस– एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालील गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनपीएस– एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।





