आज मिति २०८२ साल फागुन महिनाको १ गते शुक्रबार इस्वी सम्वत २०२६ फेब्रुअरी १३ तारिख
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
समय तपाईंको पक्षमा रहनेछ। धर्म, अध्यात्म तथा अन्य व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ। धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ। अध्ययनमा मन लाग्ने हुँदा उत्कृष्ट सफलता प्राप्त गर्न सकिनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ र मनका कुरा खुलेर साटासाट हुनेछन्। राजनीति तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
भौतिक साधन तथा सवारी प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ। आफन्त वा साथीभाइसँग सानो मनमुटाव हुन सक्छ। हाल ठूलो लगानी गर्ने समय उपयुक्त छैन, त्यसैले चलिरहेको कार्यलाई निरन्तरता दिनु राम्रो हुनेछ। प्रेममा अविश्वासले दूरी बढ्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला। यात्रा, बैठक तथा भेटघाटमा समय व्यतीत हुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
तार्किक क्षमता र वाणीको प्रभाव बढ्नेछ, जसले प्रतिष्ठा र आम्दानी दुवै दिलाउनेछ। एकल वा साझेदारी व्यवसायमा प्रगति हुनेछ। व्यापारसँग सम्बन्धित रमाइलो यात्रा सम्भव छ। उद्योग क्षेत्रमा लगानी लाभदायक रहनेछ। प्रेममा नजिकिने समय छ। अध्ययनमा अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यवसायमा राम्रो आम्दानी हुनेछ र पुराना कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। विरोधीहरू परास्त हुनेछन्। कानुनी मामिलामा तपाईंको पक्ष बलियो रहनेछ। अध्ययनमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै सफलता हात पार्न सकिनेछ। यात्रा वा सवारी चलाउँदा सतर्क रहनुहोला। आफन्त पक्षबाट अपेक्षित सहयोग नपाइन सक्छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अध्ययन तथा अध्यापनका लागि समय अनुकूल छ। आयभन्दा खर्च कम हुने हुँदा बचत तथा लगानीको अवसर मिल्नेछ। कामको वातावरण अनुकूल भई आर्थिक सुधार हुनेछ। प्रियजनबाट उपहार प्राप्त हुन सक्छ। सन्तानको प्रगतिले खुशी मिल्नेछ। राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागिता रहनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आफ्नै मानिसबाट कार्यमा अवरोध आउन सक्छ। केही समय धैर्य अपनाउनु आवश्यक छ। व्यापारमा लगानी गर्दा सोचविचार गर्नुहोला। कृषि, पशुपालन वा पुर्खौली पेशाबाट लाभ मिल्नेछ। राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँग नजिक भएर काम गर्ने अवसर प्राप्त हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
मेहनत र लगनशीलताले व्यवसायमा उल्लेखनीय सफलता दिलाउनेछ। दाजुभाइ तथा छिमेकीसँग सम्बन्ध सुदृढ हुनेछ। प्रतिस्पर्धामा अग्र स्थान हासिल गर्न सकिनेछ। अध्ययन वा कामका सिलसिलामा यात्रा सम्भव छ। प्रविधिको प्रयोगले आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। राजनीतिमा मिश्रित प्रतिक्रिया पाइनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
परिवार तथा आफन्तसँगको सम्बन्ध सुदृढ हुनेछ। शुभकार्यमा सहभागी भई आनन्द लिन सकिनेछ। थोरै प्रयासबाट राम्रो आम्दानी हुनेछ। व्यापारमा नयाँ अवसर आउनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। मनोरञ्जन तथा किनमेलमा समय बित्नेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
प्रविधि तथा रचनात्मक कार्यबाट राम्रो आम्दानी हुनेछ। नयाँ कामका अवसर र सहयोगीहरू भेटिनेछन्। व्यापार तथा उद्योगमा लगानी लाभदायक रहनेछ। अध्ययनमा सफलता मिल्नेछ। समाजसेवा तथा राजनीतिमा सक्रियता बढ्दै पद प्राप्तिको सम्भावना देखिन्छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अरूको काममा व्यस्त हुँदा आफ्ना काम अधुरा रहन सक्छन्। अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, खर्च बढ्न सक्छ। व्यापारमा केही मन्दी देखिन सक्छ। तर विदेशी सामान सम्बन्धी व्यापार लाभदायक रहनेछ। राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनेछन्। पारिवारिक इच्छा तथा आकांक्षा पूरा हुनेछन्। पैतृक सम्पत्तिको सदुपयोगले आम्दानी बढ्नेछ। अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै सफलता हासिल हुनेछ। प्रेम सम्बन्धका लागि समय उत्तम छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यवसायमा प्रगति र व्यावसायिक यात्राको सम्भावना छ। अध्ययनमा ध्यान दिई ज्ञान वृद्धि गर्न सकिनेछ। नयाँ कार्य आरम्भ गर्न सहयोग प्राप्त हुनेछ। प्रेम तथा मित्रता सुदृढ हुनेछ। परिवारमा सम्मान र प्रशंसा प्राप्त हुनेछ। सार्वजनिक सेवासम्बन्धी काम सहज रूपमा सम्पन्न हुनेछन्।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






