Skip to content

आज मिति २०८२ साल फागुन महिनाको २ गते शनिबारको राशिफल

२०८२ फाल्गुन २, शनिबार
आज मिति २०८२ साल फागुन महिनाको २ गते शनिबारको राशिफल

आज मिति २०८२ साल फागुन महिनाको २ गते शनिबार इस्वी सम्वत २०२६ फेब्रुअरी १४ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
शैक्षिक वा धार्मिक यात्राको अवसर मिल्न सक्छ। अध्ययन तथा धर्मसम्बन्धी कामबाट लाभ हुनेछ। लगानीबाट राम्रो आम्दानी हुने सम्भावना छ। प्रेम सम्बन्ध र कला–संगीत क्षेत्रमा समय अनुकूल रहनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आफन्तसँग सानो विषयमा मतभेद हुन सक्छ। आर्थिक काममा केही जटिलता देखिन सक्छ, त्यसैले संयम अपनाउनुहोस्। अप्रत्याशित धन लाभ हुन सक्छ। प्रेम र मनोरञ्जनका लागि समय ठीक छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
मेहनत र इमान्दारिताले सफलता दिलाउनेछ। व्यापारमा लाभ हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। प्रेम सम्बन्धमा खुसी र उपहार प्राप्तिको योग छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यवसायमा लगानी गर्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। परिवारबाट सहयोग मिल्नेछ। लामो यात्राको सम्भावना छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
काम गर्ने वातावरण राम्रो बन्नेछ। आर्थिक अवस्था सुधार हुनेछ। नयाँ योजना सफल हुनेछन्। प्रेम सम्बन्ध सुदृढ बन्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अध्ययनमा बढी मेहनत आवश्यक छ। सामाजिक क्षेत्रमा सन्तुलित व्यवहार गर्नु राम्रो हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। प्रेममा नजिकपन बढ्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आम्दानीका नयाँ स्रोत खुल्नेछन्। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ। विवाद समाधान हुन सक्छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यवसायमा लगानी लाभदायक हुनेछ। बोलीको प्रभावले काम बन्नेछ। छोटो यात्रा र पारिवारिक रमाइलो हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नयाँ प्रविधि प्रयोग गर्दा व्यापार विस्तार हुनेछ। अध्ययनमा सुधार हुनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
समय व्यवस्थापनमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनु राम्रो हुनेछ। विदेशसम्बन्धी काम वा यात्रा हुन सक्छ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
मेहनतले राम्रो नतिजा दिनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सुखद समय रहनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पुराना समस्या समाधान हुनेछन्। आम्दानीका स्रोत बढ्नेछन्। परिवारबाट सहयोग पाइनेछ। प्रेम सम्बन्ध विवाहतर्फ अगाडि बढ्न सक्छ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर