आज मिति २०८२ साल फागुन महिनाको ३ गते आइतबार इस्वी सम्वत २०२६ फेब्रुअरी १५ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
धार्मिक आस्था जागृत हुने समय छ। मन्दिर वा धार्मिक प्रतिष्ठानको यात्रा सम्भव छ। परिवारसँग मिष्ठान्न भोजनको सुखद अवसर प्राप्त हुनेछ। कामहरू समयमा सम्पन्न हुँदा उत्साह र जाँगर थपिनेछ। सहयोगीहरूबाट आर्थिक लाभ र उपहार प्राप्तिको योग रहेको छ। तपाईंको चुम्बकीय व्यक्तित्वले सबैको मन जित्नेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
परिणाममुखी कार्यमार्फत अरूको मन जित्न सफल हुनुहुनेछ। आर्थिक समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन् र व्यापारमा लगानी बढ्नेछ। खोज तथा अनुसन्धान क्षेत्रमा समय दिनेहरूले उल्लेखनीय सफलता पाउनेछन्। धार्मिक तथा शैक्षिक यात्राको सम्भावना प्रबल छ। प्रेम सम्बन्धमा नजिकिएर भावना साटासाट गर्ने मधुर समय रहनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
समय र परिस्थिति अनुसार नचल्दा केही चुनौती आउन सक्छन्। व्यापारमा ध्यान नदिँदा घाटाको सम्भावना छ। प्रेममा धोका वा दाम्पत्य जीवनमा मनमुटाव हुन सक्छ। सामान्य स्वास्थ्य समस्या देखिन सक्छ र उपचार खर्च बढ्न सक्छ। आफन्तसँग विवादको योग भए पनि धार्मिक यात्राले मानसिक शान्ति दिनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
जीवनसाथीको साथ र सहयोगले महत्वपूर्ण काम सफल हुनेछन्। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। निर्माण सामग्री तथा खाद्यान्न व्यापारमा उन्नति हुनेछ। लामो दूरीको यात्राको योग छ। प्रविधि र सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। घुमफिर र मनोरञ्जनमा रमाउने समय छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
प्रियजनसँग भेटघाट र सम्मान प्राप्त हुनेछ। अध्ययन तथा लेखनमा सफलता मिल्नेछ, अध्ययनकै लागि यात्रा सम्भव छ। न्यायिक वा वादविवादका विषय तपाईंको पक्षमा रहनेछन्। खर्च बढे पनि उपलब्धि हात लाग्नेछ। योग, ध्यान र आध्यात्मिकतामा रुचि बढ्नेछ। सामाजिक सञ्जालको सदुपयोगबाट लोकप्रियता बढ्नेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ। छोटो दूरीको धार्मिक यात्राको सम्भावना छ। आफन्त र शुभचिन्तकको सहयोगले उपलब्धिमूलक काम सम्पन्न हुनेछन्। बौद्धिक क्षमता प्रयोग गरी चेतनास्तर उकास्न सकिनेछ। प्रेम सम्बन्धमा सुमधुरता बढ्नेछ। मनपरेको व्यक्तिबाट उपहार प्राप्तिको योग छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
चुनौतीका बाबजुद राजनीति र समाजसेवामा राम्रो प्रदर्शन गर्न सकिनेछ। गोप्य योजना तत्काल सार्वजनिक नगर्नु हितकर हुनेछ। आफन्तसँग सैद्धान्तिक मतभेद हुन सक्छ। घर–जग्गा वा सवारी साधनको कारोबारमा सावधानी अपनाउनुहोला। प्रेममा केही अविश्वास देखिए पनि धार्मिक वस्तुको व्यापारमा वृद्धि हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सुरु गरेका काममा आफन्त र दाजुभाइको साथ पाइनेछ। व्यवसायबाट मनग्य लाभ हुनेछ। विवादित विषयहरू तपाईंको पक्षमा टुंगिनेछन्। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुँदा मन प्रसन्न रहनेछ। बिहानपख धार्मिक यात्राको योग छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
खाद्यान्न, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा लगानी लाभदायक हुनेछ। निर्माण सामग्री, गरगहना र औषधिजन्य व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। प्रेम र मनोरञ्जनका लागि अनुकूल समय छ। पारिवारिक तथा रमाइलो यात्राको अवसर जुर्नेछ। भेटघाट, प्रचारप्रसार र बैठकमा व्यस्तता बढ्नेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
मिष्ठान्न भोजन, उत्तम वस्त्र र उपहार प्राप्तिको योग छ। व्यापारमा लगानी गर्दा नयाँ आम्दानी स्रोत फेला पर्नेछन्। बोलीको प्रभाव बढ्नेछ र वाणीमार्फत लाभ लिन सकिनेछ। कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ। सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार हुनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
दैनिक खर्च बढ्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। अध्ययनमा ध्यान कम जाँदा पछि परिने अवस्था आउन सक्छ। व्यापारमा समय दिए मात्र लाभ हुनेछ। तर विदेश यात्राको प्रबल सम्भावना छ। विदेशमा कार्यरत व्यक्तिहरूलाई समयले साथ दिनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पैतृक सम्पत्ति वा प्राकृतिक स्रोतको सदुपयोगबाट आम्दानी बढ्नेछ। परिवारका इच्छा आकांक्षा पूरा गर्न सफल हुनुहुनेछ। प्रेम सम्बन्ध अझ बलियो बन्नेछ। राजनीति र समाजसेवामा सक्रिय हुनेहरूका लागि उत्तम समय छ। धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






