आज मिति २०८२ साल फागुन महिनाको ५ गते मंगलबार इस्वी सम्वत २०२६ फेब्रुअरी १७ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
पैतृक सम्पत्ति तथा धनको सदुपयोग गरी राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ। व्यापार, उद्योग तथा सेयर बजारमा गरिएको लगानीबाट मनग्गे नाफा आर्जन गर्न सकिनेछ। भेटघाट, खानपान र मनोरञ्जनमा रमाइलो समय बित्नेछ। परिवारका आवश्यकता तथा इच्छाहरू पूरा गर्न सफल भइनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
शुभचिन्तक तथा परिचित व्यक्तिको साथ र सहयोगले कार्य सहज रूपमा सम्पन्न हुनेछ। पेशागत क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै नाम र दाम दुवै कमाउने समय छ। पुर्खौली सम्पत्तिबाट लाभ मिल्नेछ। पुराना विवाद समाधानमा तपाईंको भूमिका निर्णायक बन्नेछ। अध्ययनमा रुचि बढ्नेछ र प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा हुने सम्भावना छ। बौद्धिक क्षमता र सैद्धान्तिक सोच फराकिलो हुनेछ। प्रेममा रमाउने र भावना साटासाट गर्ने अवसर मिल्नेछ। सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। प्रविधि र सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरू व्यापक रूपमा प्रस्तुत गर्न सफल भइनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आज व्यापार वा लगानीमा सतर्कता अपनाउनु उचित हुनेछ, घाटाको सम्भावना देखिन्छ। परिवार तथा दाम्पत्य जीवनमा सामान्य विवाद बढ्न सक्छ। काम समयमै सम्पन्न नहुँदा मानसिक तनाव बढ्न सक्छ। आर्थिक व्यवस्थापनमा ध्यान नदिँदा समस्या आउन सक्छ। अध्ययन तथा अध्यापनमा एकाग्रता आवश्यक देखिन्छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापार र सेयर बजारमा लगानी बढाएर राम्रो लाभ लिन सकिनेछ। राजनीति वा सरकारी निकायसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रेम र दाम्पत्य जीवनमा निकटता बढ्नेछ। कीर्तिमानी कामबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
लामो दूरीको औपचारिक यात्रा सफल रहनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। मुद्दा मामिलामा विजय प्राप्त हुने सम्भावना छ। अध्ययनमा उल्लेखनीय सफलता हात लाग्नेछ। दाम्पत्य जीवन सुदृढ र सन्तुलित बन्नेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
स्वास्थ्यमा ध्यान दिनुपर्ने समय छ। व्यापारमा मन्दीको संकेत देखिएकाले नयाँ लगानी स्थगित गर्नु उपयुक्त हुनेछ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने सम्भावना छ, संवाद आवश्यक छ। सन्तान वा आफन्तसँग मनमुटाव हुन सक्छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मिश्रित प्रतिक्रिया प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आफन्तसँग सामान्य मतभेद हुन सक्छ। अध्ययनमा ध्यान केन्द्रित नगर्दा पछि पर्ने सम्भावना छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मध्यम सफलता मिल्नेछ। व्यापारमा अपेक्षित लाभका लागि अतिरिक्त मेहनत आवश्यक छ। कृषि तथा पशुपालन क्षेत्रमा लाभदायक समय छ। छोटो धार्मिक यात्रा सम्भव छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नयाँ अवसरको सदुपयोग गर्दै परिणाममुखी कार्य सम्पन्न गर्न सकिनेछ। दाजुभाइ तथा छिमेकीसँग रमाइलो समय बित्नेछ। व्यापार र सेयर बजारमा लगानीबाट भविष्य सुरक्षित बनाउन सकिनेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
अध्ययन तथा बौद्धिक क्षेत्रमा सुधार आउनेछ। आफन्तबाट प्राप्त सुखद समाचारले उत्साह थपिनेछ। व्यापार र सेयर बजारमा लाभदायक लगानी गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा सकारात्मक ऊर्जा रहनेछ। बोलीको प्रभाव बढ्नेछ र कम प्रयासमै सफलता हात लाग्नेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
नयाँ प्रविधिको प्रयोगबाट रचनात्मक कार्य गर्दै आर्थिक लाभ लिन सकिनेछ। आफन्तको सहयोगले आम्दानी बढ्नेछ। टुटेका सम्बन्ध पुनः जोडिने संकेत छन्। दाम्पत्य जीवनमा विश्वास र समझदारी बढ्नेछ। होटल, रेस्टुरेन्ट तथा वाणीसम्बन्धी पेशामा सफलता मिल्नेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। सानोतिनो कमजोरीले विवादमा पछि पर्न सकिनेछ। आफन्त तथा शुभचिन्तकसँग दूरी बढ्न नदिन ध्यान दिनुहोस्। मन परेको व्यक्तिसँग दूरी हुँदा मन खिन्न हुन सक्छ। नियमविपरीत कार्य गर्दा दण्ड वा जरिवानाको सम्भावना छ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






