Skip to content

आज मिति २०८२ साल फागुन महिनाको ६ गते बुधबारको राशिफल

२०८२ फाल्गुन ६, बुधबार
आज मिति २०८२ साल फागुन महिनाको ६ गते बुधबारको राशिफल

आज मिति २०८२ साल फागुन महिनाको ६ गते बुधबार इस्वी सम्वत २०२६ फेब्रुअरी १८ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
रोकिएका कार्यहरू सम्पन्न हुने भएकाले उत्साह बढ्नेछ। व्यापारबाट राम्रो लाभ लिन सकिनेछ। ईर्ष्या गर्नेहरू आफै पछि हट्नेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा सफलता हात लाग्नेछ। चुनौतीहरू पार गर्दै काम सम्पन्न गर्न सकिनेछ र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। अध्ययन वा कार्यका सिलसिलामा लामो दूरीको यात्राको योग छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यवसायमा थोरै समय लगानी गर्दा पनि उल्लेखनीय आम्दानी गर्न सकिनेछ। अध्ययनमा रुचि बढ्ने भएकाले अपेक्षित नतिजा प्राप्त हुनेछ। गीत–संगीत तथा मोडलिङ क्षेत्रमा लागेकाहरूले नाम र दाम दुवै कमाउने सम्भावना छ। राजनीति तथा समाजसेवामा सक्रिय भई जनताको काम गर्दा प्रतिष्ठा बढ्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ। धार्मिक तथा शैक्षिक यात्राको योजना बन्नेछ। व्यापारमा आज गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ। खोज तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। राजनीतिज्ञहरूका लागि जनताको काम गरी पद प्राप्त गर्ने समय अनुकूल छ। यात्रा, बैठक, भेटघाट तथा प्रचार–प्रसारमा समय बित्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
खानपान र मौसमप्रति सचेत रहनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ। भौतिक सम्पत्ति तथा औजार प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ। आफन्त तथा दिदीबहिनीसँग मनमुटाव हुन सक्छ। खर्च बढ्दा दैनिकी प्रभावित हुन सक्छ। यद्यपि अध्ययन वा कामका कारण यात्राको योग छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यवसायका सिलसिलामा छोटो दूरीको यात्रा हुन सक्छ। लगानीबाट राम्रो नाफा आर्जन गर्न सकिनेछ। भौतिक साधन जुट्नेछन् र प्रविधिको प्रयोगबाट आम्दानी बढ्नेछ। अध्ययन, लेखन, कला–साहित्य तथा गीत–संगीतमा रुचि बढ्नेछ। प्रतिभाको उच्च कदर हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ र दाम्पत्य जीवन सुखद रहनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन्। व्यापार तथा औद्योगिक क्षेत्रमा लगानीबाट राम्रो आम्दानी हुनेछ। पुराना ऋण, रोग वा समस्याबाट मुक्ति मिल्ने सम्भावना छ। आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। यात्रा, मनोरञ्जन तथा खानपानमा समय बित्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
समयसँगै अघि बढ्न नसक्दा अवसर गुम्न सक्छ। अध्ययनमा ध्यान नदिँदा अपेक्षित सफलता हात नलाग्न सक्छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने सम्भावना छ। व्यापारमा मेहनतअनुसार प्रतिफल पाउन धैर्य आवश्यक छ। अग्रज तथा गुरुवरको सुझावलाई आत्मसात् गर्दै अघि बढ्नु उपयुक्त हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यवहारमा सजग रहनुहोला, मान्यजन वा आमाको मन दुख्न सक्छ। अरूको काममा व्यस्त हुँदा आफ्ना कार्य प्रभावित हुन सक्छन्। योजनाहरू अघि सार्दा सहकर्मीबाट विरोध हुन सक्छ। अध्ययनमा सफलता प्राप्त गर्न बढी मेहनत आवश्यक छ। हतारमा निर्णय नगर्नुहोला। प्रेममा अविश्वास बढ्न सक्छ। तर यात्रा, बैठक तथा प्रचार–प्रसारमा सक्रियता रहनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सकारात्मक तथा परिणाममुखी कार्यले आफन्त र छिमेकी प्रभावित हुनेछन्। साहसी कार्यमा सहभागिता जनाउँदै उपलब्धि हासिल गर्न सकिनेछ। लेखन तथा रचनात्मक कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। अध्ययनका कारण यात्रा हुन सक्छ। भाग्यको साथले व्यापार फस्टाउनेछ। प्रेम सम्बन्धमा नजिकता बढ्नेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
कार्य क्षेत्रमा बोलीको प्रभाव रहनेछ। सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। नातागोताको सहयोगले कार्यहरू सहज रूपमा अघि बढ्नेछन्। व्यापारमा लगानी गरी आर्थिक अवस्था बलियो बनाउन सकिनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। अध्ययनमा उत्कृष्ट प्रदर्शन गरी पुरस्कार तथा प्रशंसा प्राप्त गर्न सकिनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सामाजिक कार्यबाट प्रतिष्ठा बढ्नेछ। व्यापार फस्टाउनेछ र शेयर बजारबाट लाभ लिन सकिनेछ। आर्थिक अवस्था सुदृढ हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ प्रविधिको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ। राजनीतिमा सबैलाई समेटेर अघि बढ्दा पद प्राप्तिको सम्भावना छ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
समय मध्यम भएकाले अध्ययनमा अपेक्षित प्रगति नहुन सक्छ। खानपान र बाहिरी वातावरणप्रति सचेत रहनु आवश्यक छ। प्रेम सम्बन्धमा धोका वा विश्वासघातको सम्भावना छ। कार्यमा लापरवाही गर्दा दण्ड वा जरिवाना हुन सक्छ। तथापि विदेशी सामानको व्यापार फस्टाउनेछ। लामो दूरीको यात्रा सम्भव छ। विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूका लागि समय अनुकूल रहनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर