Skip to content

कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल

२०८१ बैशाख ६, बिहीबार
कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल

काठमाडौँः कतारका सरकार प्रमुख अमिर शेख तमिम बिल हमाद अल थानीको सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालय (जंगी अड्डा)मा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । नेपाली सेना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीबिच सुरक्षा व्यवस्थाबारे छलफल गरेका हुन् ।

 

वैशाख ११ मा काठमाडौँ आउने अमिर १२ मा फर्किनेछन् । नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । शेखको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘सुरक्षा व्यवस्थापनको पाटोमा छलफल भइरहेको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर