ललितपुर : २०७२ सालको संविधानको प्रस्तावनामा “समाजवाद उन्मुख राष्ट्र ” भनेर सहमतिका साथ समाजवादको यात्रमा हिडेको नेपालको समाजवादी यात्रा कता जादैछ त? आउनुस केही चर्चा गरौ ।
समजवादलाई आफ्नो लक्ष्य वनाएर जनताविच लोकप्रिय हुने अभियानमा क्रियाशिल नेपालका कम्युनिष्ट पार्टीहरू अस्तित्वमा आएको ७५ स्थापना दिबश मनाउने तरखर गरिरहदाँ यो समाजवादको चर्चा अझ वढि सान्दर्भिक हुनेछ। हुन त संविधानमै राखेर साझा दस्तावेजको रुपमा अगाडि वढेका नेपालका ठुला राजनितीक दलहरू सवैको अभियान यहि नै हुनुपर्ने हो तर यथार्थ भने त्यस्तो देखिदैन । न त दलहरुका मुख्य गतिविधि त्यता केन्द्रित छन् न त जनताले कुनै अनुभूति गर्न सकेका छन। यसो हुनुको कारण भने विश्लेषकहरुका आ आफ्नै होलान। आम रुपमा पपुलिष्ट हुने र सत्ता प्राप्तिकालागि अनेक गठजोड हुने पुजीवादी प्रबृत्ति हावी हुनपुगेको देखिन्छ। मुलत : प्रमुख राजनीतिक दलहरु र तिनले वोकेका दार्शनिक आधारहरु विचमा तादम्यता मिलेको पाईदैन।
आंशिक रुपमा केही केही बिषयहरुमा दार्शनिक आदर्शसंग नजिक हुन खोजेको देखिएता पनि ब्यवहारत दलहरुको राजनिती सत्ता समिकरण तिरै केन्द्रित भएको महशुस गर्न सकिन्छ, चाहे त्यो राजनैतिक र नैतिक रुपमा सम्मानयोग्य होस या आलोचना युक्त ।
साच्चै हामीले हाम्रो यात्रा समाजवादको गन्तव्य तिर लैजाने हो भने केही यस्ता परिवेशहरु छन जुन हाम्रो समाजको धरातलिय यथार्थ हुन, तिनका वारेमा सहि निर्क्याैल निकाल्न जरुरि छ । अन्यथा हामी कुहिरोका काग झै रुमलिरहने छौ , हाम्रो यात्रा गन्तव्य अर्थात समाजवाद तर्फ हुन सक्ने छैन।
१) हामी के हौ? यसको जवाफ खोजौ पहिला हरेकले आफै भित्र, सोचौ, मनन गरौ, परिक्षण गरौ त एक पटक को हौ हामी ………… हिमाली, पहाडी, मधेशी अनि त्यसमा पनि पुर्वेलि, पश्चिमेली, उपत्यका, सुदुर, कर्णाली अब त्यसमा पनि खस आर्य, आदिवासि, दलित, जनजाति, मंगोल, किरात, राजपुत अझै वाहुन, क्षेत्री, मगर , राई, लिम्बू , नेवार, तामाङ, दमाई, सार्की, वा …….. र अर्को पनि जोडिन्छ हिन्दु, वौद्ध, मुस्लिम, क्रिश्चियन, किरात, जैन, शिख वा………। अर्को पाटो पनि छ कम्युनिष्ट, पुजीवादी, राजावादी , क्षेत्रियतावादी वा…….. अर्थात राजनैतिक रुपमा एमाले, काग्रेस, माओवादी, राप्रपा, वा ……… यसर्थ हामी मुल रुपमा नेपाली हुन सकिरहेका छैनौ ।
२) हाम्रो समाजको अवस्था के हो त अर्थात हामी कुन चरणमा छौ? यसको वस्तुनिष्ठ अध्ययन र व्याख्या आवश्यक छ किनकि हाम्रो अहिलेको सामाजिक संरचनाले कता तर्फको भार वहन गरिरहेको छ र अब कता जानू पर्ने हो? हाम्रो देश , अर्ध औपनिवेश र सामन्ति चरणमा नै छ वा पुजीवादी चरणमा प्रवेश गरेको छ? किनकि समाजवादी यात्रा विभिन्न चरणहरुको बिकास पश्चातमात्र सम्भव हुन्छ भन्ने मान्यता र तथ्य रहदै आएको छ।
३) राजनैतिक प्रणालि, मार्गदर्शक सिद्धान्त र नितिहरुको वारेमा पनि चिन्तन गरौ त हामी के के अपनाईरहेका छौ ? ति सहि छन ? हाम्रो आवश्यकता अनुरुप छन त? हाम्रो आरणथिक, सामाजिक, राजनैतिक संरचनाले थेग्न सक्ने छ त? हामीले अभ्यास गरिरहेको लोकतान्त्रिक ब्यबस्था, संघिय शासन प्रणालि, समावेशी, समानुपातिक पद्धतिले कता पुर्याउदै छ हामीलाई ? हाम्रो भुगोल, जनसंख्या, अर्थतन्त्र, राजनैतिक र सामाजिक चेतनास्तर, विश्व परिवेशमा हाम्रो स्थितिको आधारमा यसको विश्लेषण जरुरी छ।
४) शक्ति पृथकिकरणको जुन अभ्यास गरिदै आएका छौ के यो सहि दिशामा छ त? साच्चै शक्ति पृथकिकरणको मूल्य , मान्यता , स्थापित दृष्टिकोणका आधारमा संचातित छ त? सोचौ, हेरौ घटनाक्रम र विषयहरुको यथार्थलाई वैज्ञानिक कोणवाट छलफल गरौ । न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका एक अर्काका परिपुरक हुनु पर्ने चेक एण्ड ब्यालेन्स गर्नु पर्नेमा, को वढि शक्तिशाली भन्ने खालको अभ्यास र शक्तिको गलत प्रयोग गर्ने खालको प्रबृत्ति देखिनु सार्है दुखत पक्ष हो ।
५) चौथो अंग र नागरिक समाजको भुमिका वाच डग को जस्तो छ त? यिनिहरु समाजको दर्पण वन्न सकेका छन त? राज्यलाई सहयोग गर्ने भुमिकामा खरो उत्रन सकेका छन त? हेरौ बिगतलाई एकपटक , बिवेचना गरौ के के भयो? यिनिहरु पनि पपुलिष्ट वन्न खोज्ने, आफ्नो टि आर पि र आर्थिक उपार्जन तिर वढि केन्दित हुने, तथ्यमा भन्दा कथ्यमा आधारित हुने समस्या छ भने राज्यको तर्फवाट भएका राम्रा कामका वारेमा भन्दा कमि कमजोरी र अनावश्यक अफवाह फैलाउने र समाजलाई भड्काउने दिशामा यन्मुख भए झै प्रतीत हुन्छ भने अर्कोतिर सत्ताको तावेदारीमा वा कसैलाई उखेल्न मिसन नै वोकेर लागे झै पनि महशुस गराउदछन यदा कदा मुलधारका मिडिया र उच्चकोटिका अभियन्ताहरुले। अनि यसमा राज्ले पनि मिडिया र अभियान्ताहरुलाई नियमन र नियन्त्रण गर्न सकिरहेको छैन । बेलगाम घोडा झै छोडिदिएको अवस्था छ।
यस्ता अनेकौ अवस्थाहरु बिधमान रहेको हाम्रो मुलुक कसरी समाजवादमा फड्को मार्ने कार्यमा सफल होला भन्ने कुराले प्रत्येक देशभक्त र स्वाभिमानी नेपाली चिन्चित हुनु आवश्यक छ। अवि्था अत्यन्त विकराल र भयावह नै हो त? भन्दा होईन , किनकि राजनैतिक र संम्बैधानिक ब्यबस्था जनपक्षिय र अग्रगामी नै छ मुल रुपमा। तर केही अब्यवहारिक र असान्दर्भिक विषयहरु हावी हुदा समस्या वढेको हो जसलाई सम्हालेर अगाडि वढ्ने वाटाहरु प्रसस्तै छन । यसका लागि प्रमुख राजनैतिक दलहरु र तिनका मुख्य नेतृत्वले सचेतनापुर्वक संकल्प गर्ने हो र हाम्रो देश हामी चलाउछौ भन्ने साझा अठोट लिने हो भने सवै विषयहरु सहि दिशामा जानै खासै समय लाग्दैन। यसका लागि हामी सवै नेपाली मिलेर केहि गरौ ता कि हाम्रो भोलिको पुरस्ताले समाजवादको यात्रा पूरा गर्न सकोस । आउनुस हामी प्रण गरौ ,
-हामी देशभक्त र राष्ट्रप्रेमी नेपाली वनौ ।
-राजनितिक प्रणालि र ब्यबस्थामा आवश्यक सुधार गरौ ।
-आर्थिक र सामाजिक सुधारका योजना वनाऔ ।
-लोकतान्त्रिक आचरण र संस्कारको सहि प्रयोग गरौ ।
-कुनै पनि प्रकारको अतिवादको खुलेर बिरोध गरौ ।
-युवा पलायन रोक्ने खास लक्ष्य राखेर योजना निर्माण गरौ ।
-दण्डहिनताको अन्त्य गरि सुसाशनको प्रत्यभुति हुने गरि काम गरौ ।
-बिश्वका राम्रा मोडलहरुको माटो सुहाउदो अनुकरण गरौ , गलत प्रयोगहरुको प्रवेश निषेध गरौ ।
-नेपाली समाजको अवस्था , स्वरुप र चरित्रको वारेमा मुख्य दलहरुको साझा वुझाई वनाउने प्रयास गरौ ।
-कुटनैतिक क्षैत्रमा दल विषेशको सरकार अनुसारको धारणा र नीति होईन राष्ट्रको अवधारणा र नीति वनाई सरकारमा जो भए पनि नीति अनुसारको कार्य गरौ ।
-बिश्वले चिन्ने संरचनाहरुको मद्दतमा राष्ट्रको समृद्धिको रेखा कोरौ ।
अन्तमा, कम्युनिष्ट पार्टी स्थापनाको हिरक महोत्सवको माहोलमा हामी नेपाली संबिधानत समाजवादका यात्री हौ तसर्थ यो वाटोकाे सहि यात्रा कम्युनिष्ट पार्टीवाट सम्भव र सहज हुन्छ भन्ने आम मान्यतालाई आत्मासात गरेर यो सानो प्रयास गरिएको हो पढेर सुझाव र प्रतिक्रिया दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
रमेश चन्द्र घिमिरे, ललितपुर