Skip to content

रेसिङ कार अनियन्त्रित हुँदा श्रीलङ्कामा सात जनाको मृत्यु

२०८१ बैशाख १०, सोमबार
रेसिङ कार अनियन्त्रित हुँदा श्रीलङ्कामा सात जनाको मृत्यु

कोलम्बो :  श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलङ्काको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो । मृत्यु हुनेमा रेस आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ ।

रेस श्रीलङ्काली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलङ्काली सेनाको २८ औँ कार्यक्रम थियो ।

रेस प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बिचमै रद्द भएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर