काठमाडौं : इस्लामावादस्थित नेपाली राजदूतावासले गैरकानुनी रुपमा रोजगारीको लागि किर्गिस्तानमा नजान आग्रह गरेको छ।
आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली रोजगारीको लागि किर्गीस्थान दाँदा ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै दूतावासले वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको हो।
दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको जनाएको छ।
दूतावासले अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ।