काठमाडौं : चौथो आदिवासी चलचित्र महोत्सव बुधबार शुरु हुँदैछ।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुन लागेको हो।
महोत्सवमा नेपालका लिम्बू, तामाङ, गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए।
चार दिन चल्ने महोत्सवमा उत्कृष्ट चलचित्र, वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत समेत गरिनेछ।