Skip to content

‘मिस्टर नेपाल–२०२४’को आवेदन खुला

२०८१ जेष्ठ २५, शुक्रबार
‘मिस्टर नेपाल–२०२४’को आवेदन खुला

काठमाडौं : ‘मिस्टर नेपाल–२०२४’का लागि आवेदन खुला भएको छ ।

आयोजक नेक्स्ट मोडल्सले बिहीबार विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर ननाघेका युवाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

असारको अन्तिम साताबाट मिस्टर नेपालका लागि देशभर अडिसन हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड–२०२४’ अथवा ‘मिस्टर ग्लोवल–२०२४’मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । नगद पुरस्कार पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर