Skip to content

बंगलादेशले सुरु गर्‍यो मेगा रूख रोपण अभियान, ८ करोड बढी विरुवा रोप्ने

२०८१ जेष्ठ २७, आईतवार
बंगलादेशले सुरु गर्‍यो मेगा रूख रोपण अभियान, ८ करोड बढी विरुवा रोप्ने

काठमाडौं : बंगलादेश सरकारले यस वर्षको मनसुन सिजनमा ८ करोडभन्दा बढी विरुवा रोप्ने लक्ष्यका साथ मेगा वार्षिक राष्ट्रव्यापी वृक्षरोपण अभियान सुरु गरेको छ।

प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गरेकी हुन्।

विरुवा रोप्न र हुर्काउन सबैलाई आग्रह गर्दै उनले जलवायु परिवर्तनको प्रतिकुल असरबाट बंगलादेशलाई जोगाउनु पर्ने र त्यसका लागि आफ्नो सरकार कटिवद्ध रहेको बताइन्।

करिब २५० नदीनालाले बगाएको र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशको वातावरण जोगाउन मानिसहरूलाई उत्प्रेरित गर्न सन् १९९४ मा पहिलोपटक सुरु भएको महिना लामो वार्षिक अभियानलाई महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर