Skip to content

गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

२०८१ जेष्ठ २९, मंगलवार
गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

काठमाडौं : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ ।

अमेरिकाले सुरक्षा परिषद्‌मा प्रस्ताव गरेको इजरायल–गाजा युद्धविराम योजना पारित भएको हो ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । रुस अनुपस्थित रहेको थियो ।

इजरायलले गाजा क्षेत्रमा आठ महिना अघिदेखि आक्रमण जारी राखेको छ । जसका कारण उक्त क्षेत्रमा मानवीय संकट उत्पन्न भएको छ ।

इजरायल र प्यालेस्टिनीबीचको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको थियो । नुसिरात शरणार्थी शिविरमा शनिबार मात्र इजरायली आक्रमणमा कम्तिमा २७४ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर