Skip to content

दोषी नदेखिएपछि पाइलट पन्तको उडान निलम्बन फुकुवा

२०८१ जेष्ठ २९, मंगलवार
दोषी नदेखिएपछि पाइलट पन्तको उडान निलम्बन फुकुवा

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तकाे निलम्बन फुकुवा गरेको छ ।

पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो । तर, छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०-२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर