Skip to content

बेलायतकाे बेराेजगारी दर बढ्याे

२०८१ जेष्ठ २९, मंगलवार
बेलायतकाे बेराेजगारी दर बढ्याे

काठमाडौं : बेलायतको बेरोजगारी दर बढेको छ ।

आज प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४ दशमलव ४ प्रतिशत पुगेको छ ।

यसअघि बेराेजगारी दर मार्चको अन्त्यसम्मका तीन महिनामा ४ दशमलव ३ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

चालू महिनाको तथ्याङ्कले श्रम बजार विचलित हुन सक्ने सङ्केतहरू देखिएको ओएनएसले जनाएको छ । रोजगारीमा तीव्र गिरावट र बेरोजगारी दर बढ्दै जाँदा, तलब वृद्धि पनि घट्न सक्ने एएफपीले जनाएको छ ।

बेलायतको केन्द्रीय बैंकले गएको महिना मुख्य ब्याजदर १६ वर्षको उच्च ५ दशमलव ५२ प्रतिशतमा पुर्‍याएपछि बेरोजगारी दरसँगै मूल्यवृद्धिसमेत बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर