Skip to content

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेलमा निःशुल्क स्क्रीनिङ गरिने

२०८१ असार ६, बिहीबार
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेलमा निःशुल्क स्क्रीनिङ गरिने

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेलमा बिरामीको निःशुल्क स्क्रीनिङ गर्ने गरिएको बताइएको छ ।

सो संस्थाले आयुर्वेद सेवा प्रवद्र्धन गर्न स्थानीय पत्रकारहरुसँग आज गरेको अन्तरक्रिया कार्यक्रममा उक्त अस्पताल आउने बिरामीको बिना शुल्क स्क्रीनिङ गरी सेवा प्रदान गर्ने गरिएको बताइएको हो ।

उक्त कार्यक्रममा अस्पताल प्रमुख डा. श्रृष्टि श्रेष्ठले अस्पतालले २३ थरिको औषधी समेत निःशुल्क वितरण गर्ने गरेको सुनाइन् । उनले भनीन्, “हाम्रो अस्पतालले विभिन्न प्रकारका उपचारात्मक तथा जनचेतनामुलक एवं स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।” सो केन्द्रले आफ्नो स्थापनाकालदेखि आयुर्वेद स्वास्थ्य सेवालाई जिल्ला अन्तर्गत पर्ने विभिन्न स्थानीय निकायमा विस्तार गर्दैै आइरहेको डा. श्रेष्ठले दाबी गरिन् ।

सो अस्पतालमा बहिरङ्ग तथा पञ्चकर्म एवं पूर्वकर्म सेवा दिनाका साथै योग र ल्याब सेवा पनि दिने गरेको छ ।

सोका अलवा उक्त अस्पतालले स्तनपायी आमाहरुको लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण तथा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम एवं अकुपञ्चर सेवा समेत दिने गरेको बताएको छ ।

सो अवसरमा अस्पतालले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धी सचेतना एवं ट्राफिक प्रहरीका लागि नस्यकर्म तथा विद्यालय आयुर्वेद तथा योग शिक्षा हुँदै राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका साथै ललिपतुरका केही ठाउँमा आयुर्वेद औषधालय सञ्चालन गर्ने गरेको जानकारी गराएका छन् ।

उक्त अस्पतालले अस्पतालमा आउने बिरामीलाई क्रतृ अनुसारको खाना बनाएर खान समेत सिकाउने गरेको डा. श्रेष्ठले जिकिर गरिन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर