Skip to content

सुनिल खड्काले जिते कमेडी च्याम्पियन

२०८१ असार १६, आईतवार
सुनिल खड्काले जिते कमेडी च्याम्पियन

काठमाडौँ :   चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनील खड्काले जितेका  छन्।

शनिबार साँझ भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।

उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार लगायतका अन्य पुरस्कार पाएका छन्। फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले हुँदा सेकेन्ड रनरअप नवलपुरकी सुयाशा खनाल भइन्।

फस्ट र सेकेन्ड रनरअपले भने एक/एक वटा स्कुटर पुरस्कार पाएका छन्।

यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए।

यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्। त्यस्तै, विशाल भण्डारीले निर्देशन गरेको यो सोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेलले गरेका थिए।

‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए। जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो।

जसबाट टप ३०, १६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर