Skip to content

सरकारले १६ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याउँदै

२०८१ असार १६, आईतवार
सरकारले १६ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याउँदै

सरकारले कोरोना भाइरसविरुद्धकाे खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एअरवेजमार्फत ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए ।

नेपालमा गएकाे जेठमा नयाँ भेरियन्ट ‘केपी १’, ‘केपी २’, ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।

खाेप शाखाका प्रमुख गाैतमले आजदेखि नियमित रूपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई खोप लगाइने बताए ।

खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेशन (गाभी) को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर