Skip to content

भारतको मेघालयमा हत्या गरिएकामध्ये २ जना नेपाली भएको पुष्टि

२०८१ असार २४, सोमबार
भारतको मेघालयमा हत्या गरिएकामध्ये २ जना नेपाली भएको पुष्टि

काठमाडौं :  गएको शनिबार भारतको मेघालयमा बीभत्स ढंगले हत्या गरेको अवस्थामा फेला परेका चार जनामध्ये दुईजना नेपाली भएको खुलेको छ।

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) डा.सुरेन्द्र थापाले मारिने दुई जना नेपाली भएको पुष्टि गरेका हुन्।

मारिने दुई नेपालीमा इलामका रवि राई र धरानका राजेश राई छन्। उनीहरुको शव आफन्तलाई जिम्मा लगाइएको दूतावासले जनाएको छ।

शनिबार मेघालयको उम्प्लेङ बजार नजिक घाँटी रेटेर हत्या गरेको अवस्थामा चार जनाको शव फेला परेको थियो। चारमध्ये दुई जना मेघालयकै स्थानीय भएको थापाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर