Skip to content

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द

२०८१ असार २५, मंगलवार
भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द

काठमाडौँ : भारी बर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ।

भारी बर्षा पछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन्। सोमबार विभिन्न स्थानमा तीन सय मिलि मिटर भन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ।

बर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मङ्गलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, साङ्गली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ। यसै गरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

मौसम पूर्वानुमानमा, भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर