Skip to content

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक बने  गौतम गम्भीर 

२०८१ असार २५, मंगलवार
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक बने  गौतम गम्भीर 
काठमाडौँ । भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पूर्व क्रिकेटर गौतम गम्भीर  बनेका छन् ।

गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले जानकारी दिएका छन् ।

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी-२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर