Skip to content

प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसार नै सरकार बन्ने माओवादीको निष्कर्ष

२०८१ असार २६, बुधबार
प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसार नै सरकार बन्ने माओवादीको निष्कर्ष

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।

बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए ।

उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडी बढ्ने निर्णय गरेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर