Skip to content

ललितपुरको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जन पक्राउ

२०८१ असार २६, बुधबार
ललितपुरको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जन पक्राउ

काठमाडौं : औषधि अपचलनको कसुरमा प्रहरीले ललितपुर लगनखेलको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जनलाई पक्राउ गरेको छ ।

मंगलबार पक्राउ परेका महर्जनलाई अनुसन्धानका निम्ति बुधबार अदालतबाट म्याद थप गरी प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

औषधि व्यवस्था विभाग र प्रहरीको टोलीले अनुगमन गर्दा उनको फार्मेसीमा बिल नभएको २३० थान औषधि फेला परेको थियो । श्रीराम फार्मेसी मंगलबार नै सिल गरिएको छ ।

महर्जनविरुद्ध थप अनुसन्धान अघि बढाइएको परिसरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

पछिल्लो समय विभिन्न फार्मेसीहरूले चिकित्सकको प्रेस्क्रिप्सनबिनै औषधि बिक्री गरेको पाइएको छ । यसरी बिक्री भएको औषधि लागुऔषध प्रयोगकर्ताले दुरुपयोग  गर्ने गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर