Skip to content

जेठ महिनामा महँगी घट्यो, मुद्रास्फीति ४.१७ प्रतिशत

२०८१ असार २६, बुधबार
जेठ महिनामा महँगी घट्यो, मुद्रास्फीति ४.१७ प्रतिशत

काठमाडौं : चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.१७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत  थियो ।

जेठमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी २.९४ प्रतिशत कायम भएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक सबैभन्दा बढी देखिएको छ । यो समूहको सूचकांक १६.०२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर