Skip to content

अध्ययनका लागि विदेश जानेले लगे एक खर्ब १७ अर्ब

२०८१ असार २६, बुधबार
अध्ययनका लागि विदेश जानेले लगे एक खर्ब १७ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा सेवा क्षेत्रको आम्दानी ५८ अर्ब ६ करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको जेठ मसान्तसम्म यो घाटा ७७ अर्ब १५ करोड थियो ।

यस अवधिमा भ्रमणबाट हुने आम्दानी ३३ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । तर, यस अवधिमा भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब १६ करोड पुगेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको जेठ मसान्तसम्म यो घाटा ७७ अर्ब १५ करोड थियो । अघिल्लो वर्षको जेठ मसान्तसम्म यस्तो आय ५७ अर्ब ५५ करोड हुँदा व्यय एक खर्ब ३० अर्ब थियो ।

चालु आर्थिक वर्षमा अध्ययनका लागि विदेश जानेले मात्रै एक खर्ब १७ अर्ब एक करोड रुपैयाँ लगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । विदेश पढ्न र घुम्न जानेले एक खर्ब ७५ अर्ब लगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत वर्षको जेठ मसान्तसम्म पढ्न जानेले ८९ अर्ब १८ करोड रुपैयाँ विदेश लगेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर