Skip to content

काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध खोप अभियान सञ्चालन हुँदै

२०८१ श्रावण ९, बुधबार
काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्ध खोप अभियान सञ्चालन हुँदै

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ।

काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले मंगलबारदेखि शनिबारसम्म खोप दिनेछ।

निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।

काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो। २६ मे २०२४ मा संकलन गरिएको टुकुचा र वाग्मती मिसिएको पानी परीक्षण गर्दा भाइरस देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर