Skip to content

जापानमा उष्ण लहरको चेतावनी

२०८१ श्रावण १५, मंगलवार
जापानमा उष्ण लहरको चेतावनी

काठमाडौं : जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा उष्ण लहरको चेतावनी जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्चचापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने र चिसो मौसम ल्याउन जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु शहरमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको बताएको छ।

जेएमएका अनुसार साइतामा, माइबाशी, क्योटो र ओकायामा सहरमा दिनको उच्च तापक्रम ३९ डिग्री र मध्य टोकियो, उत्सुनोमिया, ओत्सु र कोची सहरहरूमा ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

मौसम अधिकारीहरूले सर्वसाधारणलाई एयर कण्डिसनर प्रयोग गर्न नहिच्किचाउन र बारम्बार तरल पदार्थ र नुन लिन, अनावश्यकरूपमा बाहिर निस्कन र व्यायाम नगर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर