Skip to content

देशभर २ हजार भन्दा बाढिमा देखियो डेंगु

२०८१ श्रावण १७, बिहीबार
देशभर २ हजार भन्दा बाढिमा देखियो डेंगु

काठमाडौँ : देशभरि ७३ जिल्लामा डेंगु फैलिएको छ भने विरामीको संख्या २ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा डेंगुका विरामीको संख्या २ हजार ६१ जना पुगेको जानकारी दिए।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगुका विरामी अझ बढ्न सक्ने अनुमान गरेको उनले बताए।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ।

सबैभन्दा बढी काठमाडौँमा २४९ जनामा डेंगु देखिएको छ। झापामा १३० जना र चितवनमा १०५ जनामा डेंगु देखिएको छ।

काठमाडौँ उपत्यकामा नै डेंगुका विरामीको संख्या ३१६ जना पुगेको छ।

काठमाडौँमा २४९ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा २९ जना डेंगुका विरामी छन्।

रोग शाखा प्रमुख डा दाहालले डेंगु अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर