Skip to content

अफगानिस्तान र दक्षिण अफ्रिकाबीच ऐतिहासिक द्विपक्षीय शृङ्खलाको घोषणा

२०८१ श्रावण १७, बिहीबार
अफगानिस्तान र दक्षिण अफ्रिकाबीच ऐतिहासिक द्विपक्षीय शृङ्खलाको घोषणा

काठमाडौँ :  दक्षिण अफ्रिकाले आउँदो सेप्टेम्बरमा यूएईमा अफगानिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ ।

दुवै देशका बोर्डले आज एक संयुक्त विज्ञप्तिमार्फत अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ऐतिहासिक द्विपक्षीय शृङ्खलाको पुष्टि गरेका हुन् ।

आईसीसी प्रतियोगितामा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल भए पनि द्विपक्षीय शृङ्खला पहिलो पटक हुन लागेको हो । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेलको आयोजना अफगानिस्तान क्रिकेट बोर्डले गर्नेछ । यो शृङ्खलालाई आउँदो वर्ष हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारीको रूपमा लिइएको छ ।

दक्षिण अफ्रिकाले अफगानिस्तानसँग एकदिवसीय क्रिकेटमा जम्मा दुई पटक सन् २०१९ र २०२३ को विश्वकपमा खेलेको छ । यस्तै दक्षिण अफ्रिका र अफगानिस्तानबीच टी–२० क्रिकेटमा सन् २०१०, २०१६ र २०२४ मा गरी तीन पटक भेट भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर