Skip to content

सुनचाँदीको मूल्य बढ्यो

२०८१ श्रावण १७, बिहीबार
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर