Skip to content

शेयर बजार आज सामान्य घट्यो

२०८१ श्रावण १७, बिहीबार
शेयर बजार आज सामान्य घट्यो

काठमाडौं :  हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ ।

दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा दुई हजार आठ सय पाँच विन्दुमा पुगेको थियो । तर बन्द हुने बेलामा नेप्से पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर