Skip to content

पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

२०८१ भाद्र २४, सोमबार
पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ ।

तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो ।

पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले पलेशालाई २५ हजार र भरतलाई १० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । तेक्वान्दो सङ्घले पारा तेक्वान्दोको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोषाध्यक्ष एवम् सङ्घको पारा कमिटीको संयोजक कसिम मिया धोबीलाई सम्मान गरेको छ ।

सङ्घले पलेशाका आमाबाबुलाई पनि सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गतेको के–४४ विधा अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर