Skip to content

कोशी ब्यारेजमा ५ लाख क्युसेक पानी, रातो झण्डा देखाइयो

२०८१ आश्विन १२, शनिबार
कोशी ब्यारेजमा ५ लाख क्युसेक पानी, रातो झण्डा देखाइयो

लहान : निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव अत्यधिक चरम खतराको तह पार गरेको छ। शनिबार दिउँसो २ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। पानीको सतह बढ्ने क्रममा रहेको जनाइएको छ।

कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ ढोका खुला गरिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिनुका साथै राती झण्डा देखाइयो छ। कोशी नदीमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो। जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर