Skip to content

जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १५ हजार नजिक

२०८१ आश्विन १७, बिहीबार
जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १५ हजार नजिक

काठमाडौं : सन् २०२४ जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुगेको छ ।

जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्म १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा डेंगीबाट सातजनाको मृृत्यु भएको छ । सेप्टेम्बरका ३० दिनमा मात्र आठ हजार ८९ संक्रमित थपिएका (ईडीसीडी)ले जनाएको छ ।

काठमाडौं पनि डेंगीको ‘हटस्पट’ बनेको छ । काठमाडौंमा सेप्टेम्बरमा मात्र एक हजार ४३७ जना संक्रमित भएका छन् ।

हालसम्म सबैभन्दा धेरै कास्कीमा दुई हजार ३२१ जना संक्रमित भएका छन् । काठमाडौंमा एक हजार ९८६ जना संक्रमित भएका छन् । भक्तपुरमा २२३ र ललितपुरमा ४८९ जना संक्रमित भएका छन् ।

संक्रमित धेरै हुनेमा तनहुँ (एक हजार ७२६), पर्वत (एक हजार २८३), चितवन (८२९) पनि छन् । यीबाहेक अरू जिल्लामा ५०० भन्दा कम संक्रमित भएका छन् ।

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर