Skip to content

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न संसदमा विधेयक पेश

२०८१ मंसिर ६, बिहीबार
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न संसदमा विधेयक पेश

काठमाडौं : अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्नका लागि संसद्मा विधेयक पेश भएको छ ।

१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने विधेयक संसद्को तल्लो सदनमा पेश भएको बीबीसीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले यो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम, एक्स र इन्स्टाग्राममा लागू हुने बताएका छन ।  उनले यो प्रतिबन्ध बालबालिकालाई सामाजिक सञ्जालको हानिबाट बचाउनका लागि भएको बताए  ।

अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धका लागि एउटा रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको दस्तावेज अर्काे हप्ता अस्ट्रेलियाली सिनेटमा पेश हुनसक्ने खबरमा उल्लेख छ ।

अस्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् । तर धेरै विज्ञहरूले यस विषयमा प्रश्न उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढै राख्नुपर्ने र त्यसबाट रोक्न सम्भव छ कि छैन भन्ने उनीहरूको भनाइ छ ।

अहिलेसम्म केही देशहरूले कानूनमार्फत बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग रोक्ने प्रतिज्ञा गरिसकेका छन् । यद्यपि अस्ट्रेलियाको नीति सबैभन्दा कडा छ । फ्रान्सले गएको वर्ष १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । यद्यपि प्रयोगकर्ताहरूले अभिभावकको सहमतिमा चलाउन पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर