काठमाडौं : लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ ।
युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गरे।
लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताएको खबरमा उल्लेख छ । उनले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गरे ।
राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताए । । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ ।