Skip to content

मानव तस्करीमा कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध सर्वोच्चमा रिट

२०८१ मंसिर १४, शुक्रबार
मानव तस्करीमा कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : मानव तस्करीको विवादमा तानिएका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । ‘

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिल र अधिकारीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय बदर गरी पक्राउ र मुद्दा चलाउन अन्तरिम आदेश समेत माग गरेका छन् ।

उनको रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन । सर्वोच्च प्रशासनले रिट दरपिठ गरे दरपिठविरुद्ध निवेदन लिएर इजलास जाने त्रिपाठीको तयारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर