काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा जारी चौथो संस्करणको प्लाष्ट नेपाल एक्स्पो २०२४ मा पञ्चकन्या बाथवेयरको आकर्षण देखिएको छ ।
जसमा पञ्चकन्या बाथवेयरले आफना बिभिन्न नयाँ प्रोडक्टहरु पनि बजारमा ल्याइएको छ।
पञ्चकन्या बाथवेयर नेपालको एक प्रमुख सेनेटरी र धारा ब्रान्ड हो,जसले उच्च गुणस्तरका उत्पादनहरू प्रदान गर्दछ। यसको उत्पादन र डिजाइनमा नेपाली बजारको विशिष्ट आवश्यकता र प्राथमिकताहरूलाई ध्यानमा राख्दै विश्वस्तरीय मानकहरू अपनाइएको कम्पनिको दाबी छ।
पञ्चकन्या बाथवेयरका उत्पादनहरू उच्च गुणस्तरीय ब्रासबाट निर्मित छन्, जसले धाराहरूलाई लामो समयसम्म चल्न योग्य र टिकाउ बनाउँछ। जर्मन प्रविधि र उपकरणहरूको प्रयोगले यो उत्पादनलाई अझ उत्कृष्ट र विश्वासनीय बनाएको छ। यिनीहरूको मुख्य उद्देश्य उच्च स्तरको ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु हो, र यसैले उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पूर्ण पालना गरिएको छ।
ब्रान्डले आफ्ना उत्पादनहरूलाई नेपालभरि सुलभ बनाउनका लागि बलियो वितरण नेटवर्क निर्माण गरेको जनाएको छ। नेपाली बजारमा यसको पहुँच व्यापक बनाउने लक्ष्यका साथ ब्रान्डले भैरहवाबाट देशभरि आफ्ना उत्पादनहरू प्रशोधन र वितरण गर्ने योजना बनाएको जनाएको छ।
यसका साथै, पञ्चकन्या बाथवेयरले आगामी नेपाली आर्थिक वर्षको अन्त्यसम्म १०० वितरकहरूलाई आफ्नो नेटवर्कमा सामेल गराउने र आफ्ना उत्पादन नेपालका हरेक क्षेत्रसम्म पुर्याउने योजना बनाएको छ ।
पञ्चकन्या समुहले आफ्नो विशेष डिजाइन र उच्च गुणस्तरका उत्पादनहरूले नेपाली बजारमा उत्कृष्ट स्थान बनाउन सक्ने भन्दै नेपाली उपभोक्तालाई निर्धक्क भएर पञ्चकन्या ब्रान्डका सेनेटरी र धारा उपयोग गर्न अनुरोध गरेको छ ।
प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो ।