Skip to content

रवि लामिछानेको बयान आइतवार पनि लिइने

२०८१ मंसिर १४, शुक्रबार
रवि लामिछानेको बयान आइतवार पनि लिइने

काठमाडौँ : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आजको बयान सकिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा विहानदेखि सुरु भएको बयान आइतवार पुन: लिनेगरी अपराह्न स्थगित गरिएको हो।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ गते कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका थिए।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते काठमाडौँमा पनि पक्राउ अनुमति जारी भएको थियो। सोही प्रकरणमा उनलाई बिहीवार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर