Skip to content

काठमाडौं उपत्यकाको तापक्रम बढ्यो

२०८१ मंसिर २१, शुक्रबार
काठमाडौं उपत्यकाको तापक्रम बढ्यो

काठमाडौं : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनमा शुक्रबार ३ डिग्री सेल्सियसभन्दा बढीले बढेको छ ।

उपत्यकाको न्यूनतम तापक्रम क्रमश बढ्दै गएको हो । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार ५.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकैदिनमा बढेर शुक्रबार ८.९ डिग्री सेल्सियसमा उक्लिएको हो ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।
मौसमविदहरुका अनुसार राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा न्यूनतम तापक्रम घट्छ ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८ः४५ तथा अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर