रमेश चन्द्र घिमिरे
ललितपुर : शान्ति , सुसाशन, र जनआकांक्षा अनुरुप कार्य गर्न असफल भएर सत्ता टिकाउने खेलमा लिप्त भईरहदा ब्यबस्था विरोधी “वलिङ ” उनै मसिहाहरु “ब्याटिङ” को शानदार “पारिमा” भईरहेको हुदाँ “मसिहा”हरुको ईच्छा शक्ति , ताकत र क्षमताको अन्तिम परिक्षण हुँदै गरेको छ भने छेउकिनाराका साक्षिहरु स्वार्थको रोटी सेक्ने र सत्ताको रस्वनश्र्वादन गर्ने दाउमा मात्र देखिईरहेको दृश्य गजवको छ।
आफुलाई गणतन्त्रको मसिहा ठान्ने “प्रचण्ड “को नेतृत्वमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल अगाडि वढेको छ अझ त्यसमा लोकतन्त्रको “मसिहा” नेपाली कांग्रेसको साथ र समर्थन अपार छ।
तर यहि परिबेशमा गणतन्त्र , संघियता अनि लोकतन्त्र विरुद्ध सडकमा आवाज उठेको छ। यदि साच्चै हेर्ने हो भने वोलिचालिको भाषामा भन्दा”डाडुमा पानी तताएर डुवेर मर्नुपर्ने ” परिस्थिति हो।
तिनिहरुका तर शान्ति , सुसाशन, र जनआकांक्षा अनुरुप कार्य गर्न असफल भएर सत्ता टिकाउने खेलमा लिप्त भईरहदा ब्यबस्था विरोधी “वलिङ ” उनै मसिहाहरु “ब्याटिङ” को शानदार “पारिमा” भईरहेको हुदाँ “मसिहा”हरुको ईच्छा शक्ति , ताकत र क्षमताको अन्तिम परिक्षण हुँदै गरेको छ भने छेउकिनाराका साक्षिहरु स्वार्थको रोटी सेक्ने र सत्ताको रस्वनश्र्वादन गर्ने दाउमा मात्र देखिईरहेको दृश्य गजवको छ।
“क्रिज”मा आफुहरुले कव्जा जमाएर खेल्न नसकिरहदा “बलिङ ” चाहिँ मैदान वाहिरको पक्षतिर केन्द्रित देख्नु र व्याख्या गरिनुवाट दुईवटा कुरा वुझ्न सकिन्छ।
१. आफुहरुको लाचारी , कमजोरी र निकम्मापन लुकाउने उद्देश्य प्रेरित छ।
२. मैदान बाहिर प्रतिक्षामा रहेक सशक्त प्रतिद्वन्द्वीलाई कमजोर वनाउन देशि विदेशी , प्रतिक्रियावादी , प्रतिगमनकारी सवै प्रत्यक्ष अप्रत्यक्ष एक भईरहेका छन
आम नागरिक जस्ले यो ब्यवस्थाका खातिर वलिदानीपुर्ण संघर्ष गरेका थिए , उनिहरुको खिल्लि उडाउने गरि भईरहेको अहिलेको नाटक मञ्चनले न त सत्ता बलियो हुन्छ न त पुराना तन्त्र र त्यसका तान्त्रिकहरु फर्कन सक्नेछन ।
तर आमरुपमा देशमा अस्थिरता, अराजकता र अवसरवादीहरुको वोलवाला अवश्य वढ्छ। यो राम्रो संकेत चाहिँ किमार्थ होईन।
अत : ससक्त र सचेत प्रमुख प्रतिपक्षी पार्टीले जनभावना बुझेर जनताका पक्षमा आवाज वुलन्द गर्नु जरुरि छ। देशमा सद्भाव र सुब्यवस्था कायम गर्नको सरकार र सम्वद्ध गठवन्धनका दलहरुलाई सचेत गराउनु आवश्यक छ। जनताले कता कता सवैलाई एउटै डालोमा हालेर हेर्ने दृष्टिकोणलाई वदल्नको लागि नेकपा (एमाले)ले आफ्नो छविमा पुरानो लयमा पुर्याउने गरि सोच्नु जरुरि देखिन्छ।
कारण एमाले त्यस्तो प्रतिपक्षी भुमिकामा डट्न सक्ने पार्टी हो जस्ले विकृति , विसंगति ,अराजकता , अराष्ट्रिय गतिविधि र जनविरोधी राज्यसत्तालाई बताएकी ब्यापक दवाव र जनपरिचालनद्धरा घुडा टेकाउन सफलता प्राप्त गर्दथ्यो। आज पनि जनताको अपेक्षा यहि छ एमालेसंग । त्यसैले एमाले पुरानो लयमा फर्कियोस भन्ने जनचाहना छ कारण एक मात्र छ जनजिबिका , राष्ट्रियता , जनसरोकारका विषयमा एमालेले वोल्नु पर्छ , न कि अनेक खाले प्रोपोगाण्डा र सस्तो लोकप्रियतामा रुमलिएर स्खलित हुने वाटोमा यात्रा गरेर ।
फेरि पनि एमाले त्यो पार्टी हो जस्ले फरक सपना देखाएको छ, नयाँ उचाईको वाटो वनाएको छ, समृद्धिको वाटोमा देशलाई हिडाएको छ। यो परिकल्पना , यो यात्रा एमालेले नै मात्र पूरा गर्न सक्छ र गर्नु पर्छ पनि। जसको लागि जनताका विचमा विचार लग्नु पर्छ, सुशासन र सहकार्यको कार्य गर्नु पर्छ । सडकमा लागेका ब्यवस्था बिरोधी नाराहरु पुर्णत ब्यवस्था विरोधी होईन । यी सडकका परिदृश्यहरुमा सत्ता संचालकले गरेका कमि कमजोरी र जनअपेक्षा अनुकुल नभएका कार्यहरु प्रतिको जनआक्रोश सामेल छ।
गत निर्वाचमा पहिलो लोकप्रिय मत पाउन सफल एमालेले प्रतिपक्षीको हैसियतमा जनताका वितारहरु सदन र सडक दुवै तिर वुलन्द गर्दै जनताको विश्वास अझै समेट्नु जरुरि छ। ब्यवस्था विरोधी र अवसरवादीहरु सल्वलाईरहेको यश क्षणमा रचनात्मक र ससक्त प्रतिपक्षि पार्टी जो देश , जनता र।ब्यवस्थाको पक्षमा सतिसाल झै खडा हुन सक्छ भनेर पुर्नपुष्टी गर्ने दिशामा अगाडि वढ्नु जरुरी छ। अनेको जालझेल , छलछामका विचमा पनि नडगमगाई अविचलित यात्रामा वढ्नु जरुरि छ। यदाकदा हामी भित्रका झिनामसिना अराजकता, वेथिति र अनुसाशनहिन गतिविधिहरुलाई कुनै मायामोह नराखी जडवाटै समाप्त गर्न पनि तयार हुनुपर्ने देखिन्छ।
यो देशको माटोले एकपटक पुर्ण रुपमा एमालेको सेवा खोजेको छ जनताले पनि रोज्ने छन एकदिन तर एमाले लरवरिनु भएन , एमाले हतास हुनु भएन , एमाले निष्क्रिय हुनु भईन , एमाले अचेत हुनु भएन , एमाले विचलित हुनु भएन। किनकि आजको दिनमा सवैभन्दा सुदृढ र विशाल संगठन भएको, सुस्पष्ट वैचारिक दृष्टिकोण भएको, जनमतको कदर गर्ने अपार क्षमता भएको, अधिकतम् कार्यकर्ता पंक्ति ईमानदार र कर्तब्यपरायण भएको पार्टीहो।
अत: नेतृत्वले जनताको माझवाट आएका सल्लाह , सुझावहरुलाई मनन गर्दै आएका जनगुनासाहरुको उचित उठान गर्दै जनमतको संरक्षण र ईज्जत वचाएर कार्यक्रम र गतिविधिहरु गर्ने कार्ययोजना सहित यो विचवाट होईन केहि समय कुरेर शक्ति संचय गरेर पुर्णरुपमा राज्य संचालनको अभिभारा लिन तयार रहनु पर्छ यो नै समय र।जनताको माग र अपेक्षा हो ।