काठमाडौं : हिमालयन राइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरमा रहेको कभर्डहलमा हिजो भएको पहिलो खेलमा विराटनगरले हिमालयनलाई ३४–३० ले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो । योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ ।
काठमाण्डौ माभरिक्स र जनकपुर नाइट्स एक खेल अगाबै प्ले–अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले–अफमा स्थान बनाउने छन् ।