Skip to content

प्रथम गरुडा व्यापार महोत्सव सुरु ,तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

२०८१ माघ १२, शनिबार
प्रथम गरुडा व्यापार महोत्सव सुरु ,तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

रौतहट : कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रौतहटको गरुडामा प्रथम गरुडा व्यापार महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवमा यहाँका कृषकले उत्पादन गरेको कृषिजन्य सामाग्री र पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरि स्टल राखीएको छ । गरुडा नगरपालिका ४ स्थित रहेको श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा शुक्रबार देखि महोत्सव सुरु भएको हो । गरुडा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १५ दिनसम्म चल्ने छ । गरुडा नगरका व्यापारीहरूको व्यापार बढाउने एवं जीविकोपार्जन सुधार गर्ने उद्देश्यले बृहत व्यापार महोत्सवको आयोजना गरिएको आयोजक गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताए । उनका अनुसार महोत्सवमा हाल ५० भन्दा बढी स्टल राखिएको छ ।

त्यो संख्या बढेर सय सम्म पुग्ने उनले जानकारी दिए । महोत्सवमा करिब ५ देखि ८ करोडको कारोबार हुने र तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको संघका अध्यक्ष साह बताए । महोत्सवमा रौतहट सहित सर्लाही, बारा र आसपासका जिल्लाका बासिन्दा आउने आयोजकले जानकारी दिएको छ ।

मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, मेसिनरी औजार, मेसिनरी सामानका पार्टपुर्जा, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानको स्टल महोत्सवमा छ ।महोत्सवमा बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक र हास्यव्यङय सहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेगरुडा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर