Skip to content

औषधिका नाममा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२०८१ माघ १६, बुधबार
औषधिका नाममा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका नाममा भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित न्युट्रास्युटिकल्सको सन्दर्भमा यस्तो निर्देशन दिएको हो ।

फर्मास्युटिकल बनावटका क्याप्सुल, ट्याबलेट तथा झोललाई न्युट्रास्युटिकल्स खाद्य वा आहारपूरक सामग्रीको रूपमा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ ।

तर, स्वास्थ्य संस्था तथा बिक्रेताले यस्ता उत्पादनको खुलेआम प्रचार एवं गरी बिक्री गरिरहेको पाइएकाले मन्त्रालयले कारबाहीका निम्ति सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।

“आम नागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गर्नू गराउनू,” मन्त्रालयले सरोकारवालालाई भनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर