Skip to content

जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

२०८१ माघ २०, आईतवार
जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

काठमाडौं : जर्मनीका पूर्वराष्ट्रपति होस्र्ट कोहलरको शनिबार निधन भएको छ । उनी ८१ वर्षका थिए । कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधनभएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

प्रशिक्षित अर्थशास्त्री कोहलर पहिलो जर्मन राष्ट्रपति थिए । “होस्र्ट कोहलरको निधनसँगै हामीले हाम्रो देश र विश्वका लागि ठूलो प्रेरणाको स्रोत अत्यन्त्ये सम्मानित र लोकप्रिय व्यक्ति गुमाएका छौँ,” राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले कोहलरकी श्रीमतीलाई पठाएको शोक सन्देशमा उल्लेख छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले कोहलरलाई आफ्नो जीवनभर निष्पक्ष विश्वका लागि काम गरेका ‘प्रतिबद्ध राजनीतिज्ञ’ को संज्ञा दिए । जर्मन राष्ट्रपति हुनुअघि उनी वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर